-Safal Ghimire
First published in Nagarik National Daily on 31 October 2010
हिजोआज 'निजी', सद्भावना र सरकारी भ्रमणमा चीन जानेको संख्या ह्वात्तै बढेको छ। माओवादी सैन्य कमाण्डर, तिनका नेतृत्व, उपराष्ट्रपति र राष्ट्रपतिसमेत यसै समय उत्तरी छिमेकीको निम्तो मान्न निस्कनुको प्रयोजन एउटै भने हुन सत्तै्कन। यो अप्रत्याशित र अस्वाभाविक हैन तर अर्थपूर्ण भने छ। भारत र चीन दुवै यतिबेला नेपालमा आफ्नो प्रभाव बढाउने अवसर र क्षेत्र खोजिरहेका छन्।
केही महिनामा अनमिन नेपालबाट बाहिरिँदै छ। तर शान्ति प्रक्रियाका धेरै महत्वपूर्ण काम थाती नै छन्। यो नयाँ सरकार गठनको समय पनि परेको छ। त्यसैले यो दिल्ली र बेइजिङ दुवैका लागि जित र हारको निर्णायक समय हो। एकातर्फ नेपाली राजनीतिमा तिनको वर्तमान भूमिका र त्यसको परिणामले एसियामा तिनको शक्ति निर्धारण गर्छ भने अर्कोतर्फ, यस खेलको प्रकृतिले दिल्ली र बेइजिङको भावी सम्बन्धमा पनि प्रभाव पार्छ।
भारतले आफ्नो सुरक्षाको लागि नेपालबाट बारम्बार संरचनागत प्रत्याभूति खोज्ने गरेको छ। नेपालको सुरक्षा मुीबाहिर जाँदा आन्तरिक सुरक्षा संकटमा पर्ने दिल्लीको बुझाइ छ। भारतमै चर्किएको माओवादी विद्रोहसँग जु‰न र पाकिस्तानसँगको रणनीतिमा सफल हुन पनि उसले नेपाललाई आफ्नो मुीमा राख्न खोज्छ। यस्तै संरचनागत प्रत्याभूति लिन दिल्लीले स्काइ मार्सल र सुपुर्दगी सन्धिजस्ता प्रस्ताव ल्याएको थियो। त्यसमाथि अहिले बंगलादेश, बर्मा, पाकिस्तान र श्रीलंकामा चीनको बढ्दो संलग्नता भारतलाई खपिनसक्नु भएको छ। भुटानबाहेक लगभग सबै दक्षिण एसियाली मुलुकसँग उसको सम्बन्ध चिस्सिएको छ। अहिले पाकिस्तानसँगको सामरिक विवादमा भारतलाई अल्झाइरहने र एसियामा आफ्नो प्रभुत्व फैलाउने चीनियाँ चाल रहेको दिल्लीले ठानेको छ।